दफा ७९
अदालतले तोकेको अदालती शुल्क उपर उजुरी दिन सक्ने

(१) यस परिच्छेद बमोजिम अदालतले तोकेको अदालती शुल्क उपर चित्त नबुझ्ने व्यक्तिले अदालती शुल्क दाखिला गरीनसकेको भएतीन दिनभित्र र अदालती शुल्क दाखिला गरी सकेको भए मुद्दाको फैसला हुनु अगावै सोही अदालतको न्यायाधीश समक्षउजुरीगर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको उजुरी जाँचबुझ गर्दा अदालती शुल्क बढी लिएको देखिएमा सम्बन्धित न्यायाधीशलेबढीलिएको अदालती शुल्क फिर्ता गर्न र जानीजानी बढी अदालती शुल्क लिने कर्मचारीलाई विभागीय कारबाही गर्न आदेशदिनुपर्नेछ ।स्पष्टीकरण:यस उपदफाको प्रयोजनको लागि “जानीजानी” भन्नाले फिरादपत्र वा पुनरावेदनपत्रका लेखबाट वाप्रमाणबाटदेखिन आएको मूल्य वा बिगोको यस परिच्छेद बमोजिम अदालती शुल्क नलिने काम सम्झनु पर्छ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा उजुरीको व्यहोरा झुट्टा ठहरेमा सो उजुर गर्ने व्यक्तिलाई जति अदालती शुल्कबढीलियो वा तोक्यो भन्ने दाबी लिएको हो त्यस्तो अङ्कको पन्ध्र प्रतिशतको दरले जरिबाना गर्नु पर्नेछ ।